१. माया र इज्जत उसलाई देउ जसले तिमीलाई आफ्नो ठान्छ, तिम्रो हरेक सुख-दुखमा साथ दिन्छ बाँकी अरु त दर्शक मात्र हुन्, जसले रमिता मात्र हेर्छन् ।
२. कति मिठा हुन्छन् ती यादहरु जसले हाँसो र आँशु एकैपटक ल्याउने गर्दछ ।
३. कदर गर्न सिक किनकि न त जिन्दगी फर्किएर आउँछ न त जिन्दगीमा आएकाहरु नै ।
४. अरुलाई खराव भन्न पहिले आफु असल हुनुपर्दछ ।
५. हिजो चुम्बक जस्तै टाँसिएकाहरु पनि आज खिया लागेको देखेर टाढिएर गए ।
६. संसारमा दुइ ओटा कुराहरु मात्र पाहुना हुन्छन्- धन र यौवन । तर यिनीहरु आउन र जानमा समय लाग्दैन ।
७. आफ्नो त त्यो हो जसले रुन दिँदैन ।
८. सुखमा आफ्ना हजार हुन्छन् दुखमा सबै फरार हुन्छन् ! यो कस्तो संसार ? जिउँदा एक्लै मर्दा मलामी हजार हुन्छन् ।
९. सुखमा ताली बजाउने दश औंला भन्दा त दुखमा आँशु पुछिदिने एक औला नै ठुलो हुन्छ ।
No comments:
Post a Comment