Thursday, February 20, 2020

नेपाली मन छुने लाइनहरु..



१) कसैले सोध्यो "जीवन के हो ? " अति उत्तम उत्तर ,जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ।


२)आज तिम्रो लागि आफ्नो श्रीमती लत्याउन सक्नेले भोलि अरुको लागि तिमिलाइ पनि लत्याउने छ ।

३)ज्ञान त्यो सिद्धी हो जसबाट मानिसको हितगर्दछ । यस्तो ज्ञान निरर्थक हुन्छ जसले मानिसको कल्याण नगरी कष्ट बढाउँछ ।

४)हामी सबै पागल हौ । तर जसले आफ्नो पागलपनको व्याख्या गर्न सक्छ उ दार्शनिक कहलाउछ । - एम्ब्रोस विर्स

 ५)मेरो जीवनको उद्देश्य मात्र जीउनु होइन, केही लगाव, केही बाध्यता, केही रमाइलो र केही तरिकाका साथ जीवनमा अघि बढ्नु पनि हो ।

६)आफ्नि पत्निलाइ प्रेमको खोला बगाएर हेर्नुस, उनले तपाइको जिबनमा खुशिको समुन्द्र ल्याइदिन्छिन !

७)हामीले खेल हारेका होइनौ, मात्र समयमा पूरा गर्न नसकेका हौ । - विन्स लोम्बर्डी

८) जब हामि कसैलाई साचो प्रेम गर्छौ नि तब देखि माता पिता साथिभाइ दुनियाँ सङ झुट बोल्न थाल्छौ ।।

९) जीवन लक्ष्यको महान यात्रा हो भने त्यो अनवरत हुनुपर्दछ, आराम गरीगरी सुविधा हेरी हेरी यात्रा गर्नेहरू जहाँ पुगेपनि कतै पुग्दैनन् ।

१०)जब मानिस झुटो बोल्न थाल्छ तब उस्को आवाज ठूलो हुन्छ ।

११) शब्द आफैँमा अर्थपूर्ण हुन्छ तर खोजेर लेखीने शब्दभन्दा भोगेर लेखीने शब्दले मन छुने गर्छ।

Wednesday, February 12, 2020

भ्यालेन्टाइन डे के हो ? र कसरी शुरु भयो ?



फेब्रुअरी १४ Saint Valentine’s Day सामान्यतया: Valentine’s Day को रुपमा प्रख्यात दिन हो । सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्वभरिका थुप्रै देशहरूमा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको रूपमा मनाइन्छ ।

भ्यालेन्टाइन्स डेको पछाडि एउटा दु:खद इतिहास लुकेको छ, जुन हामीमध्ये कतिपयलाई जानकारी नहुन पनि सक्छ । यो दिन सुरु हुनुको पछाडि भ्यालेन्टाइनको देन त छ नै तर भ्यालेन्टाइन को हुन् ? र उनको के योगदानले गर्दा यो दिनलाई विशेष रूपमा मनाउन थालियो भन्ने कुरामा भने थुप्रै विचारहरू भेटिएका छन् ।

खासमा तेस्रो सताब्दीमा रोममा एक शासक थिए, जसको नाम क्लाउडियस थियोे । उनको मान्यता जब बिहे गरिन्छ, तब पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ भन्ने थियोे । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’ यो अादेश जारी गर्नुको मूख्य कारण सैनिकहरु अाफ्नो राज्यका लागि ससक्त रुपमा लाग्न सकोस् भन्ने थियो ।

तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले त्यो कुराको विरोध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे ।

जब सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, सम्राट क्लाउडियसले भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी गरे। त्यस पछि उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिइने भयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’

राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले भ्यालेनटाइन डे मनाउन सुरु गरे ।

सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेनटाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी-प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड अाएको छ । पश्चिमा देशमा क्रिसमसपछिको दोस्रो सबैभन्दा धेरै एक आपसमा कार्ड आदानप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेमा हो ।

मदर टेरेसाका प्रेरणादायी भनाइहरु:



– “यदि तपाईं संसार परिवर्तन गर्न चाहानुहुन्छ भने, घर गएर परिवारलाई माया गर्नुहोस्।”

– “यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।”

– “सफलताको लागि तिमी कति काम गर्छौ यो महत्त्वपुर्ण कुरा हुँदै हैन,तिमी आफ्नो कामलाई कति प्रेमपुर्ण गर्छौ यही सफलताको मापदण्ड हो।”

– “'अनुशासन' लक्ष्य र उपलब्धि बीचको पुल हो ।”

– “सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।”

– “प्रगाढ प्रेम मापन गरिदैन , बस दिइन्छ ।”

– “प्रेम हर मौसम मा हुने फल हो,र हरेक व्यक्ति को पहुंच मा छ।”

– यदि तिमी मन दुख्दासम्म प्रेम गर्न सक्छौ भने अझै प्रेम गर तिमीले प्रेमको शिवाय केहि भेट्ने छैनौ ।”

– “साना कुराहरुमा वफादार हुनुहोस् किनकि तीनै साना कुराहरुमा तपाईको शक्ति निहित छ ।”

– “जहाँ जाउ प्रेम बाँड ताकि जव कोही तिमी सामु आओस तव प्रफुल्लित अनुहार लिएर आओस ।”

– “हामी सोच्छौ कि हामी जे गर्छौ त्यो समुन्द्रमा थोपा खसाए बराबर हो तर एक एक थोपा निकाल्दा समुन्द्रमा पनि कम हुन्छ ।”

– “सबैले ठुला काम गर्न सकिदैन तर साना काम गर्न सकिन्छ जसले ठुलो खुशी दिन सक्छ ।”

– “दयालु शब्द छोटो र बोल्न सजिलो हुन सक्छ, तर तिनीहरूको प्रतिध्वनि साँच्चै अन्तहीन हुन्छ।”

– “रोटीको भोक भन्दा प्रेमको भोको हटाउन धेरै गाह्रो हुन्छ ।”

– “तिमी सय व्यक्तिलाई खुवाउन सक्दैनौ भने कम्तिमा नि एक व्यक्तिलाई खुवाउ ।”

– “हिजो बितिसक्यो ,भोलि आएकै छैन बस आज मात्र हाम्रो हो सुरुवात आजै गर ।”

– “हामी एक साधारण मुस्कानले गर्न सक्ने सबै राम्रो कुरा कहिले पनि थाहा पाउँदैनौं।”

-” प्रेम गर्छु भनेर हुदैन प्रेम व्यवहारमा देखाइनु पर्छ र त्यो व्यवहार नै सेवा हो ।”

– “सबैभन्दा डरलाग्दो गरिबी एक्लोपन, र कसैबाट प्रेम नगरिएको महसुस हो।”

– “यदि तिमी मान्छेहरुलाई मुल्यांकन गर्न थालेउ भने उनीहरुलाई प्रेम गर्न भुल्नेछौ ।”

– “दुनियालाई एक्लै बदल्न सकिन्न तर एक्लैले एउटा ढुंगा पानीमा हान्न सकिन्छ जसले सैयौ छाल उत्पन्न गर्न सक्छ ।
– “यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।